Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

एन्फा पूर्वअध्यक्ष थापाले दिए महासचिवविरुद्ध साइबर ब्यूरोमा उजुरी

एन्फा पूर्वअध्यक्ष थापाले दिए महासचिवविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् ।एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै थापाले राईविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।

अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए।

उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए ।तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij