काठमाडौं : नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै आज सर्वोच्च अदालतले कुनै पनि इजलास नबस्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए ।
पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ८४ वर्षकी थिइन् ।उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij