काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियाबारे जानकारी लिएका छन् ।जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।
अध्यक्ष प्रचण्डले शोकमा रहेका परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेका थिए । सो घटनालाई परिवारले हत्या नै भएको आशंका गरिरहेको बताउँदै प्रचण्डले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे ।बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिएपनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए ।
अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरे ।जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरुले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दवाब नरहेको जानकारी गराए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij