Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पिलेन उडाउनी’मा नाजिर र स्मारिकाको अभिनय

पिलेन उडाउनी’मा नाजिर र स्मारिकाको अभिनय

काठमाडौँ : गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय छ । गीत रिलिज कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र एसपी काेइराला लगायतको सहभागिता थियो ।गीतमा गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ । गायक गुप्ताको यो पहिलो गीत हो । गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् ।

नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् । डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।

https://youtu.be/OZnHamKWatc

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij