काठमाडौँ : सांसद नारायणदत्त मिश्रले पानीजहाज नेपालमा विषय नौलो भए पनि आवश्यकता समेत रहेको बताएका छन् । सोमबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो । अहिले आवश्यकता महसुस भएको छ । पानीजहाज कार्यालय खोल्दा कागजका ढुङ्गा बनाएर उडाइयो त्यस सन्दर्भमा हामी पनि हाँस्यौँ । म पनि हाँसे,’ उनले भने, ‘किन उडायौँ भन्दा नबुझेर अहिले नेपालले पानीजहाज आवश्यकता महसुस गरेको किनभने पानीजहाजबाट मालवस्तु आयात गर्दा ढुवानी खर्च कम लाग्ने रहेछ ।’
साथै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भूपरिवेष्टित राष्ट्रले आफ्नो मुलुकबाट २०० किलोमिटरको दूरीमा रहेको समुन्द्र प्रयोग गर्न पाउने व्यवस्था रहेको तर्क गर्दै नेपालले पनि छिमेकी मुलुकसँग समन्वय गरी छिटोभन्दा छिटो पानीजहाज सञ्चालनमा ल्याउनुपर्ने बताए ।
‘जुन देशसँग सहकार्य गर्ने हो त्यो देशसँग समन्वय गर्नका लागि हुने सम्झौता यो विधेयकमा समावेश गरिनुपर्छ,’ उनले भने, ‘तर हाम्रा नदीहरूमा साना जहाज कसरी चलाउन सकिन्छ । यसै वर्षदेखि त्यतातिर ध्यान दिऔँ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij