काठमाडौँ: सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij