Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजी आन्दोलनमा जेलबाट भागेका न्यायाधीश बम हत्याका दोषी बाबु थापा पक्राउ

जेनजी आन्दोलनमा जेलबाट भागेका न्यायाधीश बम हत्याका दोषी बाबु थापा पक्राउ

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका बाबु थापा छन् ।उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए । बुधबार राति पक्राउ परेका थापा जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।

सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय बाबुको साथबाट प्रहरीले दुईथान पेस्तोल पनि बरामद गरेको छ । जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गएराति आफ्नो घरमा पुगेका हुन् । इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।उनीबिरुद्ध हातहतियार खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताए । न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो । २०६९ जेड १८ मा बमको हत्या भएको थियो । प्रतिवादी थापा यसअघि २०७१ मा पक्राउ परेका थिए । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट