काठमाडौं : आज ३२८ स्क्रिप्सको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भएको छ।आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।
कुमारी शुभ योजनाको सेयर ९.९४ प्रतिशतले बढ्दा छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपालको ७.२९ र नेपाल रिइन्स्योरेन्सको ७.०५ प्रतिशतले बढ्यो।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९५ करोड ६४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
सिटीजन लाइफ इन्स्योरेन्सको ६१ करोडको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको ६० करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४० करोड र सीईडीबी होल्डिंग्सको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ९१ वटा स्टक्सको मूल्य बढ्दा १४८ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन सात समूहको उपसूचक बढ्दा अन्यको भने घट्यो। मनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक २.७८ प्रतिशतले बढ्यो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij