Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो ।

८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो ।

निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढे । घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट