Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गजामा मृत्यु भएका चार बन्धकको शव छाड्दै हमास

गजामा मृत्यु भएका चार बन्धकको शव छाड्दै हमास

एजेन्सी : हमासले गजामा मृत्यु भएका बन्धकहरुको शव बिहीबार इसराइललाई फिर्ता गर्ने भएको छ।

बिहीबार साँझसम्म हमासले चार बन्धकको शव फिर्ता गर्न लागेको हो। ती बन्धकहरूको नाम बुधबार नै हमासले इसराइललाई पठाएको थियो।

३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको शव हमासले छाड्नेछ।

केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। हमासले पहिलो पटक मृत्यु भएका बन्धक छाड्न लागेको हो।

यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो। आगामी शनिबार हमासले ६ जना जिवित बन्धक छाड्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट