Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

गड्यौली महोत्सवको तयारी पुरा : मुख्यमन्त्रीले उद्घाटन गर्ने

गड्यौली महोत्सवको तयारी पुरा : मुख्यमन्त्रीले उद्घाटन गर्ने

राप्ती : राप्ती नगरपालिका वडा नं २ गड्यौलीमा विहीबारबाट सुरु हुने गड्यौली साँस्कृतिक तथा व्यापारी महोत्सवको तयारी पुरा भएको छ ।गोपाल स्मृति प्रतिष्ठानको आयोजना र नारायणी फेयर एक्जिबेशन नेपालको व्यवस्थापनमा हुने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी पुरा भएको र भोली महोत्सव उद्घाटनपूर्व भब्य शोभायात्रा निकाल्ने तयारी गरिएको जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका राप्ती जडा नं २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले गड्यौलीलाई राष्ट्रिय रुपमा परिचित गराउन, स्थानीय उत्पादनको प्रर्बद्धन गर्न र पर्यटनको विकासको लागि महोत्सव आयोजना गरिएको बताए ।

पैसा कमाउन नभइ स्थानीय स्तरमा आर्थिक गतिजिधि चलायमान गराउन महोत्सव आयोजना गरिएको बताए । विद्यालयलाई जोडेर महोत्सवको स्थानको विषयमा असमझदारी पैदा भएको भन्दै उनले महोत्सवले विद्यालयलाई असर नगर्ने जिकीर गरे । १०० वटा स्टल रहेको सो महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी गरिने छ ।

पर्यटन विकासको लागि राप्तीको पर्यटकीय क्षेत्र परेवाकोट र सामुदायिक वनहरुमा जीप सफारीको व्यवस्था मिलाइएको छ । फागुन १८ गते सम्म सञ्चालन हुने सो महोत्सव एक लाख बढीले अबलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । आर्थिक विकाससंगै भाषा, कला, संस्कृति र पर्यटन विकासको लागि महोत्सव कोसेढुंगा सावित हुने भन्दै उनले महोत्सवमा बालउद्यान राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij