Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नेपालमा संघीयताका लागि अमेरिकाले दिएको २ करोड डलर ‘बित्तिय अपराध’ भएको ट्रम्पको घोषणा

नेपालमा संघीयताका लागि अमेरिकाले दिएको २ करोड डलर ‘बित्तिय अपराध’ भएको ट्रम्पको घोषणा

काठमाडौं: नेपालमा संघीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले दिएको दुई करोड डलर बित्तिय अपराध भएको राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेका छन्।यो सहयोगलाई उनले ठगीको संज्ञा दिएका ट्रम्पले भनेका छन्,‘दिस इज फ्रउड।’

एलन मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) ले तयार गरेको दस्तावेजलाई ट्रम्पले सार्वजनिक गर्दै यसो भनेका हुन्। दस्ताबेजमा नेपाललाई दुईवटा शीर्षकमा गरिएको सहयोगलाई ट्रम्पले ठगीको संज्ञा दिएका हुन्।

डिक्सनरी डटकमको व्याख्या अनुसार ‘फ्रउड’ भनेको wrongful or criminal deception intended to result in financial or personal gain. हो। सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर  दिएको उल्खेख गरेका छन्।

479428334_1166886742106514_5021489592382462695_n-1739944699.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट