Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार

युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार

लण्डन : बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ गर्न तयार रहेको बताएको छ। यो हप्ता २ हजार ५०० बेलायती सेना रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को अभ्यासमा भाग लिइरहेका छन्। यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ। ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा बेलायती सेनाले नेटो अभ्यासमा भाग लिइरहेको छ। उनले यदि युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने उनको ब्रिगेड ‘पूर्ण रूपमा तयार’ बताए।

बेलायती प्रधानमन्त्री कर स्टार्मरले पनि हालै यदि युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको जिकिर गरेका थिए। युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन्।

यसबारे युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफूलाई रुस-अमेरिका वार्तामा निमन्त्रणा नगरिएको बताए। जेलेन्स्कीले हालै रुसबाट आउने खतरालाई ध्यानमा राख्दै युरोपले आफ्नो सुरक्षाको लागि आफ्नै सेना बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट