काठमाडौं: अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन् ।उनले आफूलाई नयाँ नाम ‘माँ प्रेम हाँस्या’ राखेकी छिन्। उनलाई यो नाम बोधिसत्व स्वामी आनन्द अरुणले राखिदिनु भएको हो।
केही समयदेखि ओशो तपोवनमा नियमित रूपमा ध्यान गरिरहेकी शिल्पाले आध्यात्मिक मार्ग अवलम्बन गरेकी हुन्। ओशो तपोवनमा बसाइका क्रममा उनले आफूलाई छुट्टै अनुभूति भएको बताइन्। ‘मैले यहाँ आएपछि भित्री आनन्दको अनुभूति गरें। आफूलाई प्रेम गर्नुपर्छ भन्ने महत्त्वपूर्ण कुरा सिकें’ शिल्पाले भनिन्।केही समयअघि मात्र उनले निर्माता छवि ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि मानसिक तनावमा रहेकी उनी आध्यात्मिक चिन्तनका लागि ओशो पुगेकी हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij