Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

हमासले भोलि दुई बालकसहित चार बन्धकको शव हस्तान्तरण गर्दै

हमासले भोलि दुई बालकसहित चार बन्धकको शव हस्तान्तरण गर्दै

हमासले भोलि बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू- शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र चार वर्षका एरियल पनि समावेश हुनेछन् ।

उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो ।

हमास समूहका वार्ताकार खालिल अल-हय्याले आउँदो शनिबार थप छ जना जिवितै बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा, इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ ।यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।

हमासले नोभेम्बर २०२३ मा इजरायली हवाई आक्रमणमा उनीहरू मारिएको दाबी गरेको थियो, तर कुनै प्रमाण प्रस्तुत गरेको थिएन । इजरायली सेनाले पनि यसबारे कुनै पुष्टि गरेको छैन ।एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।

हमासले शनिबार रिहा गरिने छ जना इजरायलीहरू मध्ये दुई जनाको नाम घोषणा गरेको छ । उनीहरू एभेरा माङ्गिस्तु र हिशाम अल-सैयद हुन्, जसलाई २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ गरिएको थियो ।

युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । यसको बदलामा, इजरायलले करिब १,९०० जना प्यालेष्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको थियो ।हाल ७३ जना बन्धकहरू गाजामा छन्– जसमा इजरायली सैनिकहरू, सर्वसाधारण (जीवित र मृत दुवै), साथै थाई र नेपाली नागरिक पनि छन् ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनालाई हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो । इजरायलले यसको जवाफमा १५ महिनासम्म सैन्य आक्रमण चलाएको थियो, जसमा गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ४७,४६० जना फिलिस्तिनी मारिएका छन् ।

हमासले आउँदो शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्दै

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट