Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

केआईआईटी कलेजले माग्यो माफी

केआईआईटी कलेजले माग्यो माफी

काठमाडौं : नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले माफी मागेको छ ।कलेजका उपकुलपति शरणजित सिंहले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारमाथि माफी मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं । हामी नेपाली विद्यार्थीलाई त्यति कै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’

कलेजका उपकुलपतिले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् । विद्यार्थीहरूलाई फिर्ता गराउने कार्यमा सहजीकरण गर्न एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने पनि कलेजको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट