Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

अनलाइन जुवाको अखडामा प्रहरीको छापा, १ अर्ब ६४ करोडको कारोबार

अनलाइन जुवाको अखडामा प्रहरीको छापा, १ अर्ब ६४ करोडको कारोबार

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ।

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेका थिए । स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए ।

उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij