Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

ऐतिहासिक मदारबाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै, मेलामा मदिराजन्य वस्तु बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध

ऐतिहासिक मदारबाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै, मेलामा मदिराजन्य वस्तु बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध

नवलपुर : नवलपुरको विनयी त्रिवेणीमा हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक मदारबाबा मेला यसवर्ष फागुन ५ गतेदेखि सुरू हुने भएको छ । हिन्दु र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता र आपसी सद्भावको प्रतीक मानिने यो मेला विशेषगरी नवलपुरको मदारिया पहाडमा अवस्थित मदारबाबा (मदर हसन)को मजारमा लाग्ने गर्दछ । यहाँ नेपाल र भारतका लाखौँ हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुले मदारबाबाको दर्शन गर्न आउने गर्दछन् ।

नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरु मेलामा सहभागी हुने गर्दछन् । धार्मिक आस्था, सांस्कृतिक विविधता, र व्यापारिक गतिविधिहरुको संगमस्थलका रुपमा परिचित यस मेलामा विशेषरुपमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, र विभिन्न व्यापारिक स्टलहरु रहनेछन् ।

मदारबाबा मेलाको मिति हिजरी पात्रोअनुसार निर्धारण गरिने भएकाले हरेक वर्ष मेलाको मिति फरक पर्ने गर्दछ । स्थानीय प्रशासन, मजार व्यवस्थापन समिति तथा सरोकारवाला निकायहरुको छलफलपछि यसवर्ष फागुन ५ गतेदेखि मेलाको औपचारिक सुरूआत गर्ने निर्णय भएको हो ।

दुई जिल्लाको सीमामा पर्ने भएकाले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नवलपुर तथा नवलपरासीका सुरक्षा निकायहरुले संयुक्तरुपमा सुरक्षा योजना बनाएका छन् । मेलामा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा अन्य सुरक्षा संयन्त्रहरुले विशेष सतर्कता अपनाउँदै मेलास्थलको सुरक्षा व्यवस्था कडा पार्ने भएका छन् ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलका अनुसार मेलाको समयमा भीड व्यवस्थापन, शान्ति सुरक्षाको सुनिश्चितता, र आकस्मिक उद्धारका लागि सुरक्षाकर्मीहरुलाई आवश्यक निर्देशन दिइएको छ । मेलास्थलवरपर निगरानी बढाइने, सिसी टिभी क्यामेरा जडान गरिने तथा शान्ति सुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने उनले बताए ।

धार्मिक एवं सांस्कृतिक मह¤व बोकेको मदारबाबा मेला व्यापारिक दृष्टिकोणले पनि मह¤वपूर्ण मानिन्छ । मेलामा स्थानीय व्यवसायीहरुले व्यापार गर्दै आएका छन् भने नेपाल–भारत सीमाक्षेत्रका व्यवसायीहरुले पनि आफ्नो उत्पादन बिक्री गर्दै आएका छन ।

स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने यस मेलाले क्षेत्रीय एवं धार्मिक पर्यटनको विकासमा मह¤वपूर्ण योगदान दिने विश्वास गरिएको छ । धार्मिक श्रद्धालुहरुका लागि मात्र नभई संस्कृति अध्ययन गर्नेहरुका लागि पनि यो मेला आकर्षणको केन्द्र बन्ने गरेको छ । मदारबाबा मेलाले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता, र आपसी भाइचारा अभिवृद्धि गर्ने मात्र नभई नवलपुर तथा नवलपरासीआसपासका क्षेत्रहरुमा सामाजिक तथा आर्थिक गतिविधि प्रवद्र्धन गर्न मह¤वपूर्ण भूमिका खेल्दै आएको छ ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी मदारबाबा मेलामा मदिराजन्य वस्तु बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको जनाएको छ । सूचनामा यस्ता कार्य गरे वा गराएको भेटिए कडा कारबाही गरिनेसमेत उल्लेख गरिएको छ ।

त्यसैगरी, मेलास्थलको सुरक्षाका लागि पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका गरी सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका टोलीसहित ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । उनले मेलाको सुरक्षाका लागि दुवै जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसिसकेको र दुवै जिल्लाबाट संयुक्तरुपमा सुरक्षा व्यवस्था मिलाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij