Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट

आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट

काठमाडौँ : नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट