Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक पौडेलले पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको र पानी बन्द भएपछि गएरातिबाट मर्मतको काम सुरु गरेको बताउनुभयो ।मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने उहाँको भनाइ थियो ।

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij