Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

‘भ्यालेन्टाइन्स डे’ मा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

‘भ्यालेन्टाइन्स डे’ मा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

काठमाडौँ : हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौँ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स १४ फेब्रुअरी अर्थात फागुन २ गतेसम्म जारी रहनेछ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डे को रुपमा मनाइन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गर्छ ।

यसैबिच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसरमा एउटा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । जसमा लोकप्रिय गायक धीरज राईले आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।

मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसँगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खिरहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राई : भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक कार्यक्रमको राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट