Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घट्यो सेयर बजार, एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार

घट्यो सेयर बजार, एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार

काठमाडौँ : साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम भएको हो । यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक बाहेक अरू सबै उपसूचक राताम्मे भए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट