Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

काठमाडौँ : कतारले अवैध रूपमा बसेको विदेशी नागरिकलाई आममाफी दिन थालेको छ । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो । आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । एक सार्वजनिक घोषणा गर्दै फेब्रुअरी ९ देखि लागु हुने आममाफी ३ महिनासम्म रहने जनाएको हो ।

कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिने जनाएको हो । उक्त अवधिमा बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन पाउनेछन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।

आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुन नम्बर २१ अन्तर्गत यो प्रक्रिया थालनी गरेको आन्तरिक मन्त्रालयले जनाएको छ । यो आममाफीबाट गैरकानुनी हैसियतमा रहेका नेपालीहरू पनि लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट