एजेन्सी : दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिएका छन्।
विधानसभा चुनावको मतगणना जारी रहँदा भाजपा बहुमततर्फ उन्मुख भएपछि केजरीवालले बधाई दिएका हुन्।
केजरीवाल स्वयं पनि यसपालि पराजित भए। उनले जनताले दिएको म्याडेट सहर्ष स्वीकार गर्ने बताए।
जनताले भाजपालाई जुन विश्वासका साथ बहुमत दिएको त्यसअनुसार काम गर्न केजरीवालले अनुरोध गरेका छन्।
आम आदमी नेतृत्वमा १० वर्षको अवधिमा दिल्लीमा राम्रो काम भएको उनले बताए। चुनावी परिणामअनुसार पराजय निश्चित भएपछि उनले एक भिडिओ सन्देश जारी गरेका छन्।
चुनाव हारेपछि पनि जनताको आदेशअनुसार जिम्मेवार प्रतिपक्षीमात्र नभई समाजसेवामार्फत जनताको सुखदुखमा निरन्तर जोडिने उनले बताए।
केजरीवालले आम आदमी पार्टीका सबै नेता कार्यकर्ताहरूलाई पनि बधाई दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij