एजेन्सी : अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) का २२ सय कर्मचारीलाई प्रशासनिक बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा अदालतले अल्पकालीन रोक लगाएको छ ।
न्यायाधीश कार्ल निकोल्सले शुक्रबार आदेश जारी गर्दै ट्रम्प प्रशासनलाई कर्मचारीलाई अनिश्चितकालीन बिदामा पठाउने वा हटाउने योजना तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
यो आदेश यूएसएडका प्रत्यक्ष नियुक्त कर्मचारीहरूप्रति लक्षित छ, जसलाई ट्रम्प प्रशासनले बिदामा पठाउने योजना बनाएको थियो।यूएसएड कर्मचारीहरूको तर्फबाट दुई श्रमिक समूहले बिहीबार अदालतमा मुद्दा दायर गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij