काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ ।
यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij