Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विजय माल्याको गुनासोः लिएको ऋण भन्दा कयौँ बढी असुली भयो

विजय माल्याको गुनासोः लिएको ऋण भन्दा कयौँ बढी असुली भयो

नयाँ दिल्ली : भारतीय व्यापारी विजय माल्याले आफूले बैंकसँग लिएको ऋणभन्दा कयौँ बढी रकम असुल गरिएको दाबी गरेका छन् । माल्याले कर्नाटक उच्च अदालतमा यस्तो दाबी गरेका हुन् । बुधबार अदालतमा बैंकहरूले आफूबाट असुल गरेको रकम आफूले लिएको ऋणभन्दा धेरै भएको दाबी उनले गरेका थिए । बैंकहरूले उनलाई ६२ अर्ब भारु ऋण दिएका थिए । तर आफूसँग त्योभन्दा बढी असुल गरिएको माल्याको भनाई छ ।

माल्याले फेब्रुअरी ३ मा कर्नाटक उच्च अदालतमा याचिका दायर गरेका थिए । यसको जवाफमा बुधबार बैंकहरूलाई सूचना जारी गरिएको थियो । न्यायाधीश आर. देवदासले बैंकहरूलाई फेब्रुअअरी १३ सम्ममा जवाफ दिन निर्देशन दिएका छन् । याचिकामा अन्तरिम राहतको रूपमा संशोधित असुली प्रमाणपत्र अन्तर्गत बैंकहरूद्वारा भविष्यमा कुनै पनि सम्पत्तिको बिक्रीमा रोक लगाउन माग गरिएको छ ।

माल्याको प्रतिनिधित्व गर्दै वरिष्ठ अधिवक्ता साजन पूवैयाले किंगफिशर एयरलाइन्स र यसको होल्डिंग कम्पनी यूबीएचएलविरुद्धको परिसमापन आदेश सर्वोच्च अदालत सहित सबै न्यायिक स्तरमा यथावत् रहेको तर्क गरेका थिए । ऋण पहिले नै असुल भइसकेको भए पनि माल्या विरुद्ध थप असुलीको कारबाही जार भएको उनको भनाइ थियो ।

के हो विषय ? ऋण असुली न्यायाधिकरण (डीआरटी)ले मुख्य ऋणीको रूपमा किंगफिशर एयरलाइन्स र जमानतकर्ताको रूपमा यूबीएचएललाई ६२ अर्ब भारु भुक्तानी गर्न आदेश दिएको थियो पूवैयाले अदालतलाई बताए ।

‘त्यो आदेश अन्तिम रूपमा लागू भयो । तर, २०१७ देखि ६२ अर्ब भारुभन्दा कयौँ बढी रकम असुल गरिसकेको छ,’ उनले भने । स्वीकृत बयानका अनुसार, अहिलेसम्म १ खर्ब २ अर्ब भारु असुल गरिएको छ वसुलउपर गर्ने अधिकारीले बताएको पनि उनले भनेका छन् । यसबाहेक, आधिकारिक लिक्विडेटरले बैंकहरूले आफ्नो बक्यौता असुल गरेको बताएको र अर्थमन्त्रीले पनि संसदलाई १ खर्ब ४० अर्ब भारु असुल भएको जानकारी दिएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij