काठमाडौं : अमेरिकाको पेन्सिल्भेनिया राज्यमा एउटा अनौठो चोरीको घटना बाहिर आएको छ । यो चोरी न पैसा हो न गहना । बरू एक किराना व्यवसायीको ट्रकबाट एक लाख अन्डा चोरी भएको हो।बीबीसीमा प्रकाशित एक खबरका अनुसार एक किराना व्यवसायीका ट्रकबाट चोरहरूले एक लाखभन्दा बढी अन्डा चोरेका छन् ।
चोरिएको अन्डाको मूल्य करिब ४० हजार डलर पर्छ । १ फेब्रुअरीमा चोरी भएको र चोरहरूले ट्रकको पछाडिको भागबाट अन्डा लगेको प्रहरीको भनाइ छ।अहिले अमेरिकामा बर्ड फ्लु महामारीका कारण अन्डाको मूल्य आकाशिएको छ।अमेरिकी कृषि विभागका अनुसार पछिल्ला महिनाहरूमा बर्ड फ्लुका कारण देशका धेरै भागमा अन्डाको अभाव देखिएको छ र मूल्यमा भारी वृद्धि भएको छ ।
उपभोक्ता मूल्य सूचकांक अनुसार अन्डाको मूल्य गत वर्षभन्दा ३६.८ प्रतिशतले बढेको छ । पेन्सिल्भेनियाका किराना पसलहरूमा एक दर्जन अन्डाको मूल्य ४.६९ डलर वा बढी पुगेको छ ।त्यहाँको प्रहरीले चोरीको अनुसन्धान गरिरहेको छ र यस बारे जानकारी भएकाहरूलाई प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
अमेरिकी कृषि विभागका अनुसार यो वर्ष खाद्य मूल्य २.२ प्रतिशतले बढ्ने अनुमान गरिए पनि अन्डाको मूल्य भने २० प्रतिशतसम्म बढ्न सक्छ ।सन् २०२२ देखि फेलिएको बर्ड फ्लु महामारीले अमेरिकामा १ करोड ३६ लखभन्दा बढी चरा नष्ट भइसकेका छन् ।
एमोरी युनिभर्सिटीकी मार्केटिङ प्रोफेसर सालोनी वस्तनका अनुसार बर्ड फ्लुका कारण मूल्य अझै बढ्ने डरले उपभोक्ताहरूले बढी अन्डा किनिरहेका छन्, जसले आपूर्ति झनै प्रभावित भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij