प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुग्नुभएको छ ।प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गर्नुभयो । प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै माता गङ्गाको पूजा गर्नुहुनेछ ।
पौष पूर्णिमा ९सन् २०२५ जनवरी १३० देखि सुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।
भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन र संरक्षण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप प्रधानमन्त्री मोदीले तीर्थस्थलहरूमा पूर्वाधार र सुविधाहरू बढाउन निरन्तर सक्रिय कदम चाल्नुभएको छ ।
यसअघि सन् २०२४ डिसेम्बर १३ मा प्रयागराज भ्रमणका क्रममा प्रधानमन्त्रीले आम जनताका लागि सम्पर्क, सुविधा र सेवाहरू सुधार गर्ने रु ५५ अर्ब मूल्यका १६७ विकास परियोजनाको उद्घाटन गर्नुभएको थियो ।
यसैबीच स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको सङ्गममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ ।यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।
उत्तर प्रदेश सरकारको तथ्याङ्कअनुसार महाकुम्भ सुरु भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको कुल सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछ ।
यसअघि मङ्गलबार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिनुभएको थियो ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै दुई नेताले लेटे हनुमान मन्दिरमा पूजा गर्नुभयो र डिजिटल महाकुम्भ अनुभव केन्द्रको भ्रमण गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij