Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

टेलिकमले यसै वर्ष सर्वसाधारणलाई २५ प्रतिशत शेयर दिने

टेलिकमले यसै वर्ष सर्वसाधारणलाई २५ प्रतिशत शेयर दिने

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै उनले शेयर बढाउनुपर्ने बताए ।

उनले यसका लागि यही आर्थिक वर्षभित्र यो प्रक्रिया थाल्ने बताए । उनले टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस लगायत क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन सुझाव दिए । उनले ६ हजार ७४३ वडासम्मै फोरजी सेवा पुर्‍याएर डिजिटाइज गर्नुपर्ने बताए । जनताले दिएको आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुने उनले बताए ।

उनले इगभर्नेन्सका लागि इन्टरनेट पहिलो पूर्वाधार रहेको भन्दै यो दायित्व पूरा गर्ने जिम्मेवारी टेलिकमको भएको बताए । डिजिटल नेपाल फ्रेमवर्कको आधार तयार गर्ने काम समेत टेलिकमको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट