Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युएसएआइडीप्रति ट्रम्प र मस्कको भनाइ: ‘कट्टरपन्थी पागलहरुले चलाएको आपराधिक सङ्गठन’

युएसएआइडीप्रति ट्रम्प र मस्कको भनाइ: ‘कट्टरपन्थी पागलहरुले चलाएको आपराधिक सङ्गठन’

अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भन्नुभएको छ । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताउनुभएको छ ।विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवारी पाएको एजेन्सीमाथिको आक्रमणले ट्रम्पको सरकारी विभागहरूलाई उल्ट्याउन र जोडीले व्यर्थको आधिकारिक खर्च र अधिकार क्षेत्र मान्ने कुराको विरोध गर्न मस्कलाई अभूतपूर्व शक्ति दिने कदममा एउटा महत्त्वपूर्ण नयाँ मोर्चालाई चिह्न लगाएको छ ।

“युएसएआइडी एक आपराधिक सङ्गठन हो”, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेख्नुभएको छ ।त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोध्नुभयो, “के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?”उहाँले यी आरोपहरूबारे थप व्याख्या गर्नुभएन । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।“युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ… र त्यसपछि हामी (यसको भविष्यका बारेमा) निर्णय गर्नेछौँ”, ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भन्नुभयो ।

उहाँले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भन्नुभयो, “मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।”ट्रम्पले सुरुमा सबै सहायता खर्चलाई तीन महिनाका लागि रोक्नुभयो । यद्यपि उहाँले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिनुभयो । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ ।अमेरिकास्थित सङ्गठनका एकजना वरिष्ठ अधिकारीले ‘आपत्कालीन’ सहायताको प्राथमिकतालाई वासिङ्टनले अरू कुनै पनि कुराका लागि कोष बन्द गर्ने व्यापक योजनाको हिस्सा भएको डर व्यक्त गर्नुभयो ।ट्रम्प युएसएआइडीलाई विदेश विभागमा राख्न चाहनुहुन्छ भन्ने पनि खबर आएको छ ।मध्यरातमा वासिङ्टन समय (०५०० जिएमटी सोमबार) मा आफ्नो एक्स प्लेटफर्ममा आयोजित कुराकानीका क्रममा मस्कले भन्नुभयो, “हामी यसलाई (युएसएआइडी) बन्द गर्न सहमत भएका छौँ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij