Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य

नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० अंकमा पुगेको हो । सोमबार बजारमा ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढे पनि सोमबार सेयर मूल्य बढेका कम्पनीको संख्या भने कम छ । बजारमा सोमबार ९७ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि परिसूचक बढेको यो अनौठो संयोग हो । धेरै बजारहिस्सा भएका मूल्यको मात्रै सेयर मूल्य बढ्दा सामान्यतया यो अवस्था देखिन्छ ।

बजारमा सोमबार फाइनान्ससहित ६ समूहका परिसूचकमा वृद्धि देखिँदा निर्जीवन बीमासहित ७ समूहका परिसूचकमा गिरावट आएको छ । सोमबार बजारमा उपकार लघुवित्त र भुगोल इनर्जीको मूल्यमा सकारात्मक सर्मिट लाग्दा ग्रिन डेभलपमेन्ट बैंक र रिभल फल हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै अर्थात् ९१ वटा कम्पनी रहेको हाइड्रोपावर समूह घट्दा यस्तो अवस्था आएको हो । कारोबारका आधारमा भने सोमबार एनआरएन इन्फास्ट्रक्चर र सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट