Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य

सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (माघ ११ गते) तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो शुक्रबार (माघ १८ गते) तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघमा अनुसार साताभर मूल्य भने घटबढ भइरह्यो । जसअनुसार माघ १३ गते तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन माघ १४ गते १ लाख ६० हजार १०० रुपैयाँ कायम भयो ।

यस्तै १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ कायम हुँदा १६ गते १ लाख ६० हजार ६०० रुपैयाँ कायम भयो । यसैगरी १७ गते १ लाख ६० हजार ५०० रुपैयाँ कायम हुँदा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । माघ ११ गते तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी त्यसपछि घटबढ हुँदै साताको अन्तिम दिन शुक्रबार १ हजार ९१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसआधारमा सातामा सुनको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट