Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातीदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपियाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपियाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपियाँ तोकिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट