Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

काठमाडौँ : ६ महिनाको अवधिमा नेपालमा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ । उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

सोहि अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट