Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

मुम्बई : भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको हो । विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन । विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भत्किएको छतले पुरिएर १३–१४ जना फसेको जानकारी पाएको बताएका छन् । यो कारखानामा भारतीय सेनाका लागि आवश्यक विभिन्न हतियार तथा विस्फोटक पदार्थ निर्माण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij