रत्ननगर : रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज गडौली र मोहनामा रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, रत्ननगर नगरपालिकाका राजस्व शाखाका कर्मचारीहरु वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको वडा सचिव सुर्य प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत वडाध्यक्ष अनन्त अधिकारीले व्यवसायीको समस्या तथा गुनासोलाई सुन्दै वडाले गर्न सक्ने सहयोग समेत गर्न आफुहरु घरदैलोमा उपस्थित भएको बताउनुभएको छ । वडा विकासको मेरुदण्ड नै कर संकलन भएको भन्दै यस तर्फ जिम्बेवार हुन अधिकारीले सम्पूर्ण करदाताहरुलाई आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij