काठमाडौं : जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।सियाटलका एक न्यायाधिशले ट्रम्पको आदेश असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिइने नागरिकता रोक्न नपाउने निर्णय गरेको हो ।
न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको ट्रम्पको आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको ठहर गर्दै अस्थायी रुपमा लागू नगर्ने फैसला गर्नुभयो । हिजो भएको बिहीबार २५ मिनेटको सुनुवाइपछि यसलाई लागू हुनबाट रोक लगाउने आदेश जारी गरिएको हो ।
अमेरिकी संविधानको १४ औं संशोधनको लामो समयदेखिको व्याख्या अन्तर्गत् अमेरिका भित्र जन्मेका लगभग सबैलाई स्वचालित रूपमा नागरिकता दिने प्रावधान छ।ट्रम्पले गैरकानुनी वा अस्थायी रूपमा देशमा रहेका आमाबाबुबाट जन्मेका बच्चाहरूको हकमा यो नियम अन्त्य गर्ने अपेक्षा गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij