Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ: मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन्। न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना संदेश दिनुभयो । महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपुर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताउनु भयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्व मन्त्रि समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल -अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स” को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएत संग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij