काठमाडौं : नेपाली गीत संगीतको विकासमा लागिरहने गायक महेन्द्रराज बराल लामो समय देखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । नेपाली गीतसंगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । शास्त्रीय संगीतको समेत अध्ययन गरेका बरालले दर्जनौं गीत गाईसकेका छन् । मुलतः आधुनिक गीत गाउने बराललाई शास्त्रीय संगीतको पनि राम्रो ज्ञान भएको कारण गायनमा सहजता मिल्ने गरेको छ । नेपाली गीत संगीतलाई जीवन्त बनाउन उनले गरेको प्रयासहरुलाई सबैले प्रशंसा गर्दै आएका छन् ।
अधिकाँस समय नयाँ, नयाँ गीतमा स्वर भर्न ब्यस्त रहदै आएका बरालले हालै एकैदिनमा तीनवटा गीत रेकर्ड गर्न भ्याएका छन् । उनले शब्द आनन्द अधिकारी, संगीत आशिष अभिरल ‘नजरै नसालु’, शब्द, संगीत सागर बराल ‘ए मोरी’, शब्द प्रशान्त सिवाकोटी, संगीत सुवाष जोसी ‘ढलेको मेरो लास’ गरी तीनवटा गीत एकैदिनमा रेकर्ड गराएका हुन् ।
गीतसंगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका बरालले नेपाली गीतसंगीतकोे क्षेत्रमा आफ्नो विशिष्टता र उत्कृष्ट योगदान पुराउँदै आएका छन् भने नेपाल म्युजिक भिडियो निर्देशक समाजका मानार्थ सदस्य पनि हुन् । कास्की पोखराका स्थानीय वासिन्दा महेन्द्रराज बरालका रुमालै चिनो, धोई धोई, मृत्युवरण, निगालोको डोको, सानु माया, तिमीलाई उपहार, खुसि बाँडे बढ्छ खुसि, बोलिदेउ सान्नानी, नभए साहारा लगायत दर्जनौ गीत श्रोता रुचिका रहे ।स्रोता, दर्शकको माया राम्रै पाएको र दर्शकको माया पाएकै कारण गायनमा टिकिरहेको बताउँदै उनले भने ‘हालै रेकर्डिङ भएका तीनवटै गीतहरु भिडियोमार्फत दर्शकसामु सहजै पुराउने योजना छ । दर्शकले अझै बढी साथ र हौसला दिने विश्वास लिएको छु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij