Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भ्रामक विज्ञापन गरेको भन्दै बाबा रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

भ्रामक विज्ञापन गरेको भन्दै बाबा रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ ।पतञ्जली आयुर्वेदको स्वास्थ्य सेवा उत्पादनहरूमा भ्रामक विज्ञापनहरू गरेको आरोपमा केरला औषधि नियामकहरूले दायर गरेको उजुरीको आधारमा केरलाको एक अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको हो।

बिहीबार पलक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।केरलाका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर उनीहरुविरुद्ध उजुरी दर्ता गरेका थिए ।

त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज (अब्जेक्सनेबल एडभर्टिजमेन्ट) एक्ट,(डीएमआर एक्ट) १९५४ उल्लङ्घन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij