काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आइतबार विहान साढे ८ बजेबाट लागू हुनेछ ।
युद्धविराम सम्झौता लागू हुनु केही घन्टाअघि टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतान्याहुले युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिनुभएको छ ।
साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ ।
नेतान्याहुले हमाससँगको विगत १५ महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेस गर्नुभयो ।त्यस क्रममा हमासका नेता याह्या सिनवारको हत्या सहितको रूपरेखा प्रस्तुत गर्दै नेतान्याहुले मध्य पूर्वमा हमास विश्व समुदायबाट एक्लिएको बताउनु भयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij