पाकिस्तानमा सैन्य कारबाहीमा मारिए २२ आतंककारीपाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकु मारेका छन्।
गत वर्ष डिसेम्बर १४ देखि जिल्लाको तिराह क्षेत्रमा अपरेसन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मारिएका व्यक्तिहरू निर्दोष नागरिकको हत्यालगायत धेरै आतंककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए। सेनाले उक्त क्षेत्रमा बाँकी खतरा हटाउन अपरेसन पनि शुरु गरेको थियो।
दिगो शान्ति नआएसम्म सुरक्षाकर्मीले कारबाही जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij