Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बेलायतमा रहेका कोइराला र पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता

बेलायतमा रहेका कोइराला र पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता

काठमाडौँ : बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवार्ता गरेका छन् ।

भेटमा कोइराला र क्लेभर्लीका बिच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको बताइएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।

यसअघि कोइरालाले तत्कालीन अनमिनका नेपाल प्रमुख ईयान मार्टीनसँग लण्डनमा भेट गरेका थिए । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार भेटघाटका क्रममा मार्टीनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्ग्याउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij