Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु, ४० करोड श्रद्धालु सहभागी हुने अनुमान

भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु, ४० करोड श्रद्धालु सहभागी हुने अनुमान

काठमाडौँ : यस वर्ष प्रयागराजमा महाकुम्भ अर्थात् पूर्ण कुम्भ आयोजना हुँदै छ । प्रत्येक १२ वर्षमा मनाइने, यो संसारको सबैभन्दा ठुलो धार्मिक मेला मध्ये एक हो ।

गङ्गा, जमुना र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो। आगामी महाशिवरात्रिसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान उत्तर प्रदेश सरकारले गरेको छ।

मेलाको पहिलो दिन आज पहिलो शाही स्नान हुनेछ। ४ हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो दिन प्रदेश सरकारले श्रद्धालुलाई हेलिकोप्टरबाट २० क्विन्टल गुलाबको फुलबाट पुष्पवृष्टि गराएर स्वागत गर्ने तयारी गरेको छ।

४० दिने मेलामा उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह, विभिन्न साङ्गीतिक कार्यक्रमसहित कयौँ धार्मिक कार्यक्रमको तालिका बनाएको छ। यो मेलालाई ठुलो धार्मिक कार्यक्रम मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक शक्ति प्रदर्शनका रूपमा समेत लिइएको बिबिसी हिन्दीले जनाएको छ।

मेलाको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ। श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरू तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij