Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्शियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ बाट सम्मानित गरिएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा पोप फ्रान्सिसको प्रशंसा गर्नुभएको छ भने पोपको महत्वपूर्ण प्रभाव र योगदानको कदर गर्दै उहाँलाई ‘पिपुल्स पोप’ को संज्ञा दिनुभएको छ ।

“पोप फ्रान्सिस, तपाईंको नम्रता र अनुग्रह शब्दहरूले व्याख्या गर्ने अवस्थाभन्दा बाहिर छ, र सबैका लागि तपाईंको प्रेम अतुलनीय छ। ‘पिपुल्स पोपका रूपमा तपाईं विश्वास, आशा र प्रेमको ज्योति हुनुहुन्छ, जुन संसारभरि चम्किरहेको छ,” अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले पोपसँग कुराकानी गरी सम्मानको घोषणा गर्नुभएको छ । यो संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान हो । यो पुरस्कार ‘संयुक्त राज्य अमेरिकाको समृद्धि, मूल्य मान्यता वा सुरक्षा, विश्व शान्ति वा अन्य महत्त्वपूर्ण सामाजिक, सार्वजनिक वा निजी प्रयासहरूमा अनुकरणीय योगदान’ गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा रहँदा पहिलो पटक प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिंक्शनप्रदान गरेका थिए । ‘द हिल’का अनुसार अमेरिकी इतिहासका दोस्रो क्याथोलिक राष्ट्रपति बाइडेनले रोम भ्रमण गरी पोपलाई सम्मान गर्ने योजना बनाउनुभएको तर लस एन्जलसमा लागेको डढेलो र आगलागीका कारण भ्रमण रद्द गर्नुभएको उहाँको कार्यालयले बताएको छ ।‘द हिल’का अनुसार दुई नेताबीच अन्तिम पटक बाइडेन जी–७ शिखर सम्मेलनका लागि इटालीमा रहेका समय गत जुनमा भेट भएको थियो ।

अक्टोबर २०२१ मा कन्जरभेटिभ क्याथोलिक बिशपहरूले बाइडेनलाई गर्भपतनको अधिकारको पक्षधर अडानका कारण मेलमिलाप प्राप्त गर्न अनुमति दिने कि नदिने भन्ने विषयमा विचार गरिरहेका बेला उक्त भेट भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij