Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आम आदमी पार्टीका विधायक गोगीको गोली लागेर मृत्यु

आम आदमी पार्टीका विधायक गोगीको गोली लागेर मृत्यु

एजेन्सी : भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार हिजो राति १२ बजेतिर गोगीलाई गोली लागेको हो ।

गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो । तर त्यहाँ उनलाई मृत घोषित गरिएको बताइएको छ ।

उनको शव डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।

गोगीको टाउकोमा गोली लागेको थियो । उनले आफैंलाई गोली हानेको अनुमान गरिएको छ । यद्यपी घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij