Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आगोको ज्वाला बलिरहेको सुपर पावर अमेरिका

आगोको ज्वाला बलिरहेको सुपर पावर अमेरिका

लस एन्जलस : विश्वमा सुपर पावर भनिने अमेरिकामा अहिले आगोको ज्वाला बलिरहेको छ र यो आगो लगातार बढिरहेको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । यस आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने हजारौं घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा पनि आगलागी सुरु भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिन सक्ने बताएकी छिन् । यो भीषण आगलागीपछि यस क्षेत्रबाट १ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

पश्चिमाञ्चलको पलिसेडमा आगलागीबाट करिब १५ हजार ८३२ एकड जमिन जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि दमकलले पानीको अभावमा निरन्तर संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij