Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एपसुङ मोबाइलका सञ्चालक चितवने नविनले दुबईमा अलपत्र परेकालाई बस्न र खानाको ब्यबस्था गर्ने

एपसुङ मोबाइलका सञ्चालक चितवने नविनले दुबईमा अलपत्र परेकालाई बस्न र खानाको ब्यबस्था गर्ने

 दुबई : देशको अर्थतन्त्र र बिकास खस्किदै गएर बढ्दै गएको बेरोजगारले निरास भएका युवा युवती तथा अधबैसेहरु पनी दिनहु हजारौ संख्यामा हजारौ सपना बोकेर खाडी देश संयुक्त राज्य ईमिरेट्सको बिश्व प्रसिद्द शहर दुबई हानिन्छन। दुबई देख्दा जति सुन्दर र मनमोहक छ त्यहा काम नपाउदाको जीन्दगी त्यतिकै कहाली लाग्दो पनि छ। यहाँ नेपालबाट मात्रै होईन दक्षिण एशियाबाट पनि दिनहु दशौ हजारको संख्यामा पर्यटन भिषामा सपना बोकेर आउने गर्छन।

यस्तो प्रतिस्पर्धात्मक अवस्थामा नेपालीहरुले भने जस्तो काम र तलब नपाउनु भनेको कुनै नौलो कुरा होईन। नेपालबाट चर्को ब्याजमा सरसापट गरेर आएको पैसा होटल वा कोठाभाडा, खाना, ट्रान्सपोर्ट, टेलिफोनमा कति खेर सकिन्छ पत्तै पाईदैन, दुई महिनाको भिजिट भिषा कति खेर सकिन्छ पत्तै पाईदैन, नत काम पाईन्छ न साथमा पैसा हुन्छ, न नेपाल फर्केर जान नै सक्ने अवस्था हुन्छ, अनि बाध्य भएर दुबईको पार्क वा पाटीमा बास बस्नु पर्ने हुन्छ। हजारौ रंगीन सपनाकै लहरहरु कति खेर सादा ब्ल्याक एन व्हाईटमा परिणत हुन्छन पत्तै पाईदैन।

बरदुबईको नेपाली पार्क वा नजिकै धेरै नेपालीहरु जाडो होस वा गर्मी, सुटकेसको सिरानी हालेर पुरानो ओडने ओडेर सुतिरहेको अवस्थामा धेरै नेपालीहरु देखिन्छ। यसरी देखे पछि APPSUNG MOBILES का संचालक नबिन बि.क ले त्यस्ता बिचल्लीमा परेकाहरुलाई अस्थायी रुपमा खाने र बस्ने ब्यबस्था गरेका छन।

प्रारम्भिक चरणमा ३० जनालाई खान बस्ने ब्यबस्था गरे पनि निकट भबिस्यमा यो संख्या बढाएर १०० पुराउने सोचेको बताए । भबिश्यमा बास्तबिक पिडित ब्यक्तीहरुलाई हवाई टिकटको पनि ब्यबस्था गरिने बताएका छन।

यसको लागी दुबईमा रहेका नेपाली र नेपालबाट भिजिटमा आउने नेपालीहरुलाई उनको पसल भिजिट गरी सकेको प्रचार प्रसार गरिदिन र सामानहरु किनेर प्रोत्साहन गरिदन अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij