काठमाडौँ : भारतीय अभिनेता अजितकुमार हालै दुबईमा कार दुर्घटनामा परेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनलाई कार चलाइरहेको अवस्थामा देख्न सकिन्छ। उक्त भिडियोमा उनको कार भित्तामा ठोक्किएको स्पष्ट देखिएको छ। यद्यपि, भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई कुनै चोटपटक लागेको छैन।
अजित दुबईमा हुने “२४ एच दुबई २०२५” कार रेसमा सहभागी हुन पुगेका थिए। प्रतियोगिताको तयारीका लागि उनले ६ घण्टाको विशेष प्रशिक्षण लिइरहेका थिए, जसको क्रममा यो दुर्घटना भएको हो।
अजित २४ एच दुबई रेसका टिम मालिक हुन् र उनी आफ्ना साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग मिलेर ९९९ क्लासमा पनि सहभागी हुनेछन्।कार र बाइक चलाउन सौखिन अजितकुमार डेढ वर्षअघि नेपालमा बाइक यात्रा गर्न आएका थिए। उनी आफ्नो साहसिक जीवनशैली र यस्तै गतिविधिका लागि चर्चित छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij